सूचनाको शक्ति - The Power Of Information

        

सेयर बजारमा होटल समूह चम्कियो, ३२ प्रतिशत घट्यो कारोबार

मंगलबार सेयर बजार झिनो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै नेप्से २११२ अंकसम्म पुगेको थियो । त्यसपछि बजार बन्द हुँदासम्म सामान्य उतारचढाव रह्यो ।

मंगलबारसहित लगातार पाँचौ दिन बजार झरेको हो । यद्यपि यस दिन बजारको गिरावट झिनो अंकमा सीमित भएको छ । कारोबार रकममा भने ३२ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो दिन ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब २९ करोडमा खुम्चियो ।

कुल १०३ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहमा भने चमक देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.७४ प्रतिशत बढ्यो ।

बैंकिङ ०.४२, हाइड्रोपावर ०.५८, जीवन बीमा ०.६६, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.१३ र ब्यापार समूह ०.८६ प्रतिशत घटे । अन्य ०.५६, निर्जीवन बीमा ०.७३, लगानी ०.३६, फाइनान्स ०.२८ र विकास बैंक समूह ०.०७ प्रतिशत बढे ।

चन्द्रागिरि हिल्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । तेह्रथुम पावरको ९.८, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.२, दोर्दीखोला जलविद्युत्को ६.९, सीवाईसी लघुवित्तको ६.३ प्रतिशत मूल्य बढ्यो । मिडसोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ६. २ प्रतिशत घट्यो ।

गुराँस लघुवित्तको ५.९, अपर स्याङ्गेको ४.८ तथा आशा लघुवित्तको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप र सोनापुर मिनरल्स क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १७:०६

लोकप्रिय