अयोध्याको राम मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । सोमवार भव्यताका साथ मन्दिरको मूर्तिमा प्राण प्रतिष्ठा गरिएपछि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
बिहान ३ बजेदेखि नै भगवान रामको दर्शनका लागि भक्तजनको भिड लागेको बीबीसीले जनाएको छ । मन्दिरको मुख्यद्वार खुल्नासाथ भक्तजनको भिडले मन्दिरको व्यवस्थापनमा समस्या देखिएको थियो ।
सुरक्षाका दृष्टिकोणले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ । प्राण प्रतिष्ठा पछि आज बिहान पहिलो पटक मन्दिरमा आरती पनि गरिएको छ । भगवानको दर्शनका लागि भक्तजनहरूले जाडोको वास्ता नगर्दै सरयू नदीमा स्नान गरेर मन्दिर पुगेका थिए ।
सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए । प्राण प्रतिष्ठामा भारतका विभिन्न राजनीतिक दलका व्यक्तित्त्व, कलाकार, खेलाडी, व्यावसायी लगायतका सहभागी भएका थिए । राम मन्दिरको उद्घाटन समारोहमा नेपालको जनकपुरसहित अन्य क्षेत्रबाट पनि भक्तजन र साधुसन्त अयोध्या पुगेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं