सूचनाको शक्ति - The Power Of Information

        

न्यूरोडमा आजदेखि पार्किङ निषेध

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ ।

हाल झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गर्दै आएको महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएर न्युरोड क्षेत्रलाई पार्किङ मुक्त गर्न लागेको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार न्यूरोडको विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने छ ।

पार्किङ निषेध गरिएको ठाउँमा महानगरले आज विशेष सरसफाइ गर्दैछ ।

महानगरले न्यूरोड क्षेत्रको सवारी आवागमन सहज बनाउने योजना अनुसार धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गर्न लागेको हो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १०:२०

लोकप्रिय