सूचनाको शक्ति - The Power Of Information

        

आज बिहान तपाईंको हात कतिको ठिहिर्‍यायो ?

आज बिहान तपाईंको हात कतिको ठिहिर्‍यायो ? तापक्रम ३ दशलव ४ डिग्री भएपछि हात ठिहिर्‍याउनु स्वभाविक नै हो । हिजोआज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हात ठिहिर्‍याउने चिसो महसुस हुँदैछ ।

बिहानको ९ बजेसम्म हात ठिहिर्‍याउने गरीको चिसो महसुस हुँदा कामकाज गर्न पनि समस्या भइरहेको छ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दो छ । काठमाडौँ उपत्यकाको तापक्रम पछिल्लो समय ३ देखि ४ डिग्रीमा झरेको छ ।

आइतवारदेखि काठमाडौँ उपत्यकाको तापक्रम सबैभन्दा कम ३ दशलव २ डिग्रीदेखि ३.४ डिग्रीको बीचमा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार सोमवार काठमाडौँको तापक्रम यो वर्षकै हालसम्मको कम ३ दशलव २ डिग्री मापन गरिएको थियो भने आज बिहान ८ः४५ मा काठमाडौँको तापक्रम ३ दशलव ४ डिग्री मापन गरिएको छ ।

महाशाखाका मौसमविद् झाले विशेषगरी अङ्ग्रेजी महिनाको डिसेम्बर र जनवरीमा देशभरको तापक्रम घट्ने क्रम बढी हुने गरेको भन्दै जनवरी महिनाको अन्तिमतिर भएकाले पनि तापक्रम घटेको बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १०:२३

लोकप्रिय