नेपाली सेना र प्रहरी दुवैलाई सहयोग पुग्नेगरी स्थापना भएको सशस्त्र प्रहरी बलले आज मंगलबार आफ्नो २३ औं बार्षिकोत्सव मनाउँदैछ । देशभरका यूनिटहरूमा भव्य कार्यक्रमसहित बार्षिकोत्सव मनाउन मुख्यालयले मातहत यूनिटलाई निर्देशन दिएको छ ।
सोही अनुसार आफ्नो यूनिटमा भव्य कार्यक्रम गरी मनाउने क्रममा यूनिटमा राम्रो काम गर्ने पुरस्कृत हुने र उनीहरूलाई हौसला प्रदान गर्ने पनि एकै साथ हुने गरेको छ । यसक्रममा मुख्यालयले पनि देशभरका विभागमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिँदै आएको छ ।
मुख्यालयले एआइजीकै नेतृत्वमा समिति बनाएर कर्मचारीको छनोट गरेको थियो । यसवर्ष आइजीपी राजु अर्यालले छनौटको जिम्मेवारी एआइजी चन्द्रप्रकाश गौतमलाई दिएका थिए । तर, उनले मनोमानी गरेर राम्रो गर्नेलाई भन्दा उनको सुराकी गर्नेलाई बढी पुरस्कृत गरिदिए ।
उनले आफ्नै पिए डिएसपी संजय अधिकारीलाई पुरस्कार दिलाएका छन् । उनले मानवश्रोत बिभागबाट एसपी महेश अधिकारी पनि पुरस्कार पाउनेको सूचीमा राखिदिए । फिल्डमा खटिएर लामखुट्टेसँग पौठेजोरी खेल्ने र सीमामा तस्करसँग जुध्नेलाई छोडेर आफ्नै विभागमा बसेर हेडक्वाटरमा तर मार्नेलाई पुरस्कार दिलाएको आरोप छ ।
गौतम अध्यक्ष रहेको समितिमा एसएसपी युवराज अर्याल सदस्य छन् । उनीहरूले आफू निकटलाइै काखी च्यापेको बताइन्छ । यता, मातहतमा आतंक मच्चाउने डिएसपी सुदिप रेग्मी पनि पुरस्कृत हुने सूचीमा राखेका छन् । देशभरका उजुरी गुनासोलाई डस्बिनमा डस्वीनमा हालेर बार्गेनिङमा उत्रिनेलाई पुरस्कार दिइएको भन्दै हेडक्वारमा गुनासो बढेको छ ।
पुरस्कार पाउन काम होइन चाकडी गर्नुपर्छ भन्दै मान्यता विकास हुँदै गर्दा खास काम गर्ने कर्मचारी निराश रहेको मुख्यालय स्रोत बताउँछ । एआइजी गौतमले काज सरुवामा पनि त्यस्तै मनोमानी गरेका छन् । केही महिनाअघि मात्र गुल्म कमान्ड गरेका डिएसपी राजनलाल श्रेष्ठलाई काकडभिट्टा बिओपीको जिम्मा दिएका छन् भने पर्साको अलौ बिओपी बसेर तस्करी धन्दा चलाएका डिएसपी केशब ओलियालाई फेरि रौतहटको सन्तपुर नाकामा पठाएका छन् । ओलिया काम नगर्ने तर चाकडी र गफ गर्न खप्पिस अधिकृत हुन् ।
यस बाहेक धनुषा बोर्डरमा बसेका डिएसपीलाई फेरि ३ महिनापछि बेलौरी कन्चनपुरको नाका जिम्मा लगाएका छन् । आफू निकटलाई चाकडी गरेकै भरमा पुरस्कार दिने एआइजी गौतमले काम राम्रो गरेपनि आफ्नो चाकडी नगरेपछि हदैसम्म दुःख दिने गरेका छन् । यता, आफूलाई संगठनकै अब्बल ठान्ने बाराका एसपी टोपबहादुर डांगी फिल्डमा फेल भएका छन् । कमजोर कमान्ड र तस्करी रोक्न नसकेको आरोप छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं