२०८२ कात्तिक २८ , शुक्रबार 15, November 2025, Saturday

गाजापट्टीको खान युनिसमा इजरायलको आक्रमण

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० माघ ९ गते मंगलबार

इजरायली सेनाले गाजापट्टीको खान युनिस शहरमा गरेको आक्रमणबाट दर्जनौ मारिएको आशंका गरिएको छ ।

इजरायलले सो शहरलाई लक्षित गरी पटक पटक आक्रमण गर्दै आएको छ । इजरायली सेनाका ट्यांकरहरुले खान युनिस शहरका अस्पताल र विश्वविद्यालयलाई घेराबन्दी गरेका छन् । घेराबन्दीले अस्पताल र विश्वविद्यालयमा शरण लिएर बसेका हजारौं सर्वसाधाण बिचल्लीमा परेका छन् ।

हमासका केन्द्रिय कमाण्डरहरु लुकेको आशंकामा इजरायली सेनाहरुले सो शहरलाई निशाना बनाएको हो । खान युनिस शहरमा हमासको भुमिगत कम्पाउण्ड फेला पारेको छ जहाँ २० इजरायली बन्धकहरु रहेको आशंका गरिएको छ ।

यता इजरायलमा हमासले बन्धक बनाएका परिवारजनले संसदको अर्थ समितिको बैठकमा प्रवेश गरी बन्धक रिहाइको माग गरेपछि बैठक अवरुद्ध भएको छ । उनीहरुले बन्धकहरु सकुशल नफर्केसम्म सरकारलाई सास फेर्न नदिने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २०८० माघ ९ गते मंगलबार