तराईका जिल्लामा बढ्दै गएको शीतलहरका कारण बिरामी हुनेको संख्या बढेको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशक डा.राजीव झाका अनुसार लम्बिँदै गएको शीतलहरका कारण कोल्ड डाइरिया, भाइरल ज्वरो, क्रोनिक कफ, रुघाखोकी, श्वासप्रश्वास, हाडजोर्नी जस्ता बिरामी बढ्न थालेका छन् । झापा, मोरङ र सुनसरीमा शीतलहर र बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि जाडो बढेको छ ।
चिसो बढेसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होमलगायत स्थानीय अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढेको छ । पूर्वाञ्चल विश्वविद्यालय अस्पतालका निर्देशक डा.शशी शर्मा रिजालका अनुसार चिसोका कारण निमोनिया, कोल्ड डाइरिया, रुघाखोकी, ज्वरोका बिरामी बढेका तथा दम, पक्षाघात रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
विराटनगरका साथै सुनसरीको इटहरी, झुम्का, इनरुवा, दुहबी लगायत विभिन्न स्थानका गल्ली गल्ली र चोक चोकमा आगो तापेर बसिरहेका मानिस भेटिन्छन् । सुनसरीको इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले एक सातादेखि विद्यालय बिदा दिएका छन् । विराटनगर विमानस्थलबाट हुने नियमित उडानसमेत प्रभावित हुँदै आएका छन् । अधिक चिसो बढेपछि त्यसको प्रभाव व्यापारिक क्षेत्रमा पनि परेको छ । बजार सुनसान हुन थालेको छ । धनगढीमा स्थानीय बासिन्दा आगोको भरमा बाँचिरहेका छन् ।
धनगढी उपमहानगरपालिका–१, शिवनगरकी मायादेवीले आगोको भर पर्नु परेको गुनासो गर्दै उपमहानगरपालिकाले दाउरा दिएर गएपछि केही राहत भएको बताइन् । जाडोका कारण पठनपाठन प्रभावित हुन थालेपछि विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई निमोनिया, बालबालिकालाई भाइरल डाइरिया हुने, रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या हुने गरेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा.शेरबहादुर कमरले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं