सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा आज यस वर्षकै कम तापक्रम

काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । काठमाडौंमा आज ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसमविद् सरोज पुडासैनीले बताए ।

यसअघि गत डिसेम्बर ५ मा न्यूनतम तापक्रम ३.५ डिग्री रेकर्ड गरिएको थियो । काठमाडौं उपत्यकामा सोमबार पारदर्शिता पनि घटेको छ । त्यसकारण बढी चिसो अनुभव भएको उनले बताए ।

बिहान उपत्यकाभर हुस्सु जस्तो देखिएको थियो । पुडासैनीका अनुसार पारदर्शिता तीन हजार मिटर छ । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा पारदर्शिता पनि घटेको हो ।

त्यस कारण काठमाडौंमा बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरि लगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ । लागेको घाम पनि न्यानो खालको छैन ।

आइतबार रेकर्ड गरिएको तथ्यांक अनुसार जुम्लामा माइनस ५.६ डिग्री, जोमसोम माइनस ५ र दोलखाको जिरी मा १ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १६:२६

लोकप्रिय