सूचनाको शक्ति - The Power Of Information

        

पोलिक्लिनिक चलाउने नक्कली डाक्टर पक्राउ

नेपाल प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भट्टाचार्यले काठमाडौंको वसुन्धरामा धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए ।

उनी मोरङको विराटनगर महानगरपालिका–२ का हुन् । आफूले अहिलेसम्म ३ सयभन्दा बढी बिरामीलाई ’उपचार’ गराएको प्रारम्भिक बयान उनले दिएका छन् । उनले तीन वर्षदेखि यस्तो काम गरिरहेको बताइएको छ । चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको भट्टाचार्यले बताउने गरेका थिए ।

प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए । भट्टाचार्यले नक्सालस्थित ’वी केयर’ मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाणपत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १६:२५

लोकप्रिय