सूचनाको शक्ति - The Power Of Information

        

चैत १५ गतेबाट सुरु हुँदै एसइई परीक्षा (तालिकासहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेकाले चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो । उनले भने, ‘चैत पहिलो हप्ताबाट परीक्षा सुरु गर्ने योजनामा थियौं, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसइई परीक्षा गर्ने निर्णय गरेका छौँ ।’

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १०:२५