पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।
आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए। पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले नियुक्ति खारेज गरिदिएको हो ।
प्रकाशित मिति : २०८० माघ ८ गते सोमबार
सत्यपाटी