सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाबाट काठमाडौं जाँँदै गरेको बस दाङमा दुर्घटना

बर्दियाबाट काठमाडौं जाँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिकाका–१ का ३६ वर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको नाइट बस आइतबार राति ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा चालक घाइते छन् । बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ ।

बस दाङको लमही नगरपालिका–९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक निदाएपछि जंगलको भित्तामा बस ठोक्किँदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ०९:०१

लोकप्रिय