२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

सरोज र शिल्पाको `म को हुँ´ रिलिज (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ ७ गते आइतबार

गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश ‘म को हुँ’ रिलिज गरिएको छ ।

रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द रहेको गीतको भिडियोमा अभिनेता सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।

राम कुमार केसीको छायांकन र विजेश पौडेलको सम्पादन भिडियोमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतबार