सूचनाको शक्ति - The Power Of Information

        

आइतबार दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज २५.६३ अंकले नेप्से घटेर २१३०.१८ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.२० बिन्दुमा पुगेर बन्द भएको हो ।

त्यस्तै १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक बढ्दा अन्य उपसमूहको सूचक भने घटेको छ । आज हाइड्रोपावर उपसमूहको सूचक ५.५० प्रतिशतले बढेको छ ।

त्यस्तै अन्य उपसमूहको सूचक पनि २३.९५ अंकले उकालो लागेको छ भने अन्य सबै उपसमूहको सूचक घटेको छ । आज सर्वाधिक विकास बैंक उपसमूहको सूचक ११०.८९ अंकले घटेको छ ।

बजार घटे पनि आज साढे ७ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज २ करोड २८ लाख२० हजारभन्दा बढी कित्ता शेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजारभन्दा बढिमा किनबेच भयो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५६ करोड ७९ लाख १० हजारभन्दा बढी मूल्यका शेयर किनबेच भयो । त्यस्तै कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर, अपि पावर, नेपाल रिइन्स्योरेन्स कम्पनी र सोनापुर मिनरल्स एन्ड आयल क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे ।

आज आँखुखोला जलविद्युत्, समाज लघुवित्त, हिमालयन लघुवित्त, मिड सोलु हाइड्रो र शिवश्री हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै सीईबीडी हाइड्रो, मोलुङ हाइड्रो, बाराही हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज कारोबारमा आएकामध्ये ६४ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १७७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतवार १६:१७

लोकप्रिय