जापानको स्लिम मून मिसनको यान सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ ।
योसँगै जापान आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल विश्वको पाँचौं देश बनेको छ । यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् ।
जापानको Smart Lander for Investigating Moon चन्द्रमाको सतहमा अवतरण गरेको हो । जापानी अन्तरिक्ष एजेन्सी जाक्साका अनुसार अवतरणका लागि उसले ६ सय गुणा ४ हजार किलोमिटरको क्षेत्र खोजी गरेको थियो र यान सोही निर्धारित इलाकामा सटिक ढंगले अवतरण गरेको छ ।
त्यो क्षेत्र चन्द्रमाको ध्रुवीय क्षेत्रमा रहेको छ । निर्धारित अवतरण स्थलको १०० मिटरको दायरभित्र यान अवतरण गराउने जाक्साको योजना थियो र त्यसमा अन्तरिक्ष एजेन्सी सफल भएको छ ।
उक्त अवतरणस्थलको नाम शियोली क्रेटर हो । यसलाई चन्द्रमामा रहेको सबैभन्दा अँध्यारो धब्बा भनिन्छ । एउटा अर्को सम्भावित अवतरणस्थल मेयर नेक्टारिस पनि हो । जसलाई चन्द्रमाको समुद्र पनि भनिन्छ ।
स्लिममा ब्मAdvanced Optical and Image Processing Technology रहेको छ । साथै यसमा एक्सरे इमेजिंग एण्ड स्प्रेक्ट्रोस्कोपी मिसन (XRISM) पनि चन्द्रमामा पठाइएको छ ।
यसले चन्द्रमाको चारैतर्फ परिक्रमा गरी चन्द्रमामा बहने प्लाज्मा वायुको जाँच गर्नेछ ताकि ब्रम्हाण्डमा तारा तथा आकाशगंगाहरुको उत्पत्तिका बारेमा पत्ता लगाउन सकियोस् । यसलाई जापान, नासा तथा युरोपेली स्पेस एजेन्सीले मिलेर बनाएका हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ