बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँकी एक बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठेगाना भएका ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
ती बालिकालाई रावतले गत पुस २७ गते दिउँसो उनकै घरमा पुगेर घरमा अभिभावकहरू कोही नभएको मौकामा जबरजस्तीकरणी गरेको उहाँले बताउनुभयो ।
बालिकालाई रावतले जबरजस्तीकरणी गरेको भन्ने उजुरी उनका अभिभावकले प्रहरीमा गरेपछि न्यूसिटी प्रहरी बिटबाट गएको टोलीले रावतलाई पक्राउ गरेको प्रनाउ तिवारीले जानकारी दिनुभयो ।
बलात्कारको आरोप लागेका रावतलाई जिल्ला अदालत बाँकेबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । बालिकाको मेडिकल रिपोर्ट आइसकेपछि थप प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रावतविरुद्ध जबर्जस्तीकरणी सम्बन्धी कसुरको मुद्दा अगाडी बढाइएको छ । पीडित बालिका र जबर्जस्तीकरणी गर्ने रावत एउटै गाउँका छिमेकी भएको प्रहरीले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके