मौसमवीद्हरूले डिसेम्बर,जनवरी, फेब्रुवरी महिना चिसो हुने र त्यसमा पनि जनवरी महिना सबैभन्दा बढी चिसो हुने जनाएका छन् । जनवरी महिना सकिन अझै नौं दिन बाँकी छ । त्यसैले अझै नौं दिन चिसोबाट जोगिन मौसमवीद्हरूले सुझाव दिएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरले फेब्रुवरीको पहिलो हप्ताबाट चिसो बिस्तारै घट्दै जाने बताइन । ‘तर जनवरी सबैभन्दा चिसो हुने महिना हो,’ उनले भनिन् । उनका अनुसार यस वर्ष काठमाडौँमा पोहर सालको तुलनामा एक डिग्री बढी न्यानो छ ।
गतबर्ष काठमाडौँमा न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री थियो । यसवर्ष अहिलेसम्म काठमाडौँको मौसम २ दशमलव ५ पुगेको छैन । आइतबार र शनिबार बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ पुगेको थियो । शनिबार काठमाडौँमा अधिकतम तापक्रम १८ पुगेको थियो ।
मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिन अनुसार बिहीबार र शुक्रबारको तुलनामा शनिबार र आइतबार काठमाडौँमा न्यूनतम तापक्रम बढेको छ । यसबाट शुक्रबारको तुलनामा शनिबार र आइतबार चिसो बढेको पाइएको छ । बुलेटिन अनुसार शनिबार र आइतबार देशभर सबैभन्दा चिसो जुम्लामा पाइएको छ ।
जुम्लामा आइतबार बिहान माइनस ६ डिग्री जाडो पुगेको थियो । जुम्लापछि सबैभन्दा चिसो जोमसोममा बढेको पाइएको छ । मौसमविद्का अनुसार चिसोयाममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन् ।
तर गर्मीयाममा हावाको बहाव बढी हुने भएकाले धुलोका त्यस्ता कण जमिनको सतहबाट निकै माथि उड्छन् । चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने भएकाले यसबाट जोगिनुपर्ने वातावरणविद् बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं