२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

अयोध्यामा भोलि प्राण प्रतिष्ठा, नेपालबाट को-को जाँदै ? (सूचीसहित)

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८० माघ ७ गते आइतबार

भारतको अयोध्यामा भोलि राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार गर्न लागिएको हो । भारत र नेपालले मात्र होइन यो कार्यक्रमलाई विश्वले नै नियालिरहेको छ । को–को जाँदै छन् त ? नेपालबाट यो कार्यक्रममा ।

नेपालबाट आउनेहरूको सूचीमा राजनीतिक दल वा नेताहरूको नाम अहिलेसम्म परेको छैन । यस कार्यक्रममा धार्मिक क्षेत्रका व्यक्तित्वहरूलाई विशेष महत्वका साथ निम्त्याइएको छ । नेपालका विभिन्न धार्मिक स्थलहरूका पुजारीहरू, महन्तहरूलाई कार्यक्रममा निम्त्याइएको छ । सोमबार (भोली) हुने कार्यक्रममा नेपालको जनकपुरस्थित रामजानकी मन्दिरका महन्त राम तपेश्वर दास र जानकी मन्दिरकै उत्तराधिकारी महन्त राम रोशन दासलाई निम्त्याइएको छ ।

त्यसैगरी विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, झापाको सतासी धामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्त, वराहक्षेत्रस्थित चतरा धामबाट सिद्धबाबा भनिने कृष्ण गिरी, पशुपति क्षेत्र विकास कोषका मूल भट्टलाई निम्त्याइएको छ । यी बाहेक पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व आइजिपी अच्युत कृष्ण खरेल र विश्व हिन्दु महासङ्घकी उपाध्यक्ष ज्योत्सना साउदलाई निम्त्याइएको आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतबार