२०८३ भदौ ९ , मंगलबार 25, August 2026, Tuesday

कर्णालीमा १९ हजार टन रैथाने बाली खरिद गर्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने भएको छ । जसमध्ये सबैभन्दा धेरै सिमी चार हजार ४७० मेट्रिक टन खरिद गर्ने व्यापार कम्पनीले जनाएको छ ।

व्यापार कम्पनीले कोदो आठ हजार ६६०, कागुनो ३३८, चिनो ६८७, जुनेलो दुई, फापर ७६२, उवा ६१९, मार्सी धान तीन हजार ८८६ र सिमी चार हजार ४७० गरी कुल जम्मा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने सहमति भएको छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । कर्णाली प्रदेशमा उत्पादित रैथानेबालीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र स्थापना गर्नेसम्बन्धी मन्त्रालय र व्यापार कम्पनीबीच समझदारी भएको हो ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतबार