जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले यात्रा अनुमति दिएन । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि यात्रा रद्द भएको छ । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार हुँदैछ । सो अवसरमा जनकपुरबाट यात्रुहरू जाँदै थिए ।
नेपालका रेलवे सञ्चालकले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएका थिए । शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो ।
तर, शनिबार साँझ भारत सरकारले अनुमति नदिएकाले भन्दै रेलवे कम्पनीले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ । जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिँदा अयोध्या जाने रेल सेवा रद्द गरिएको जनकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जनकपुर