सूचनाको शक्ति - The Power Of Information

        

८० वर्षे उमेरमा धुमधाम बिहे !

दार्चुलाको अपि हिमाल गाउँपालिका–०६ बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा धुमधामसँग विवाह सम्पन्न गरेका छन् । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने उनले सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह गरेका हुन् ।

शुक्रवार बिहे गरेका धामी दम्पतीको परिवारमा तीन छोरा बुहारी, चार छोरी, पाँच नाति, चार नातिनी, तीन नातिने बुहारी, चार पनाति र तीन पनातिनी गरी जम्मा ३१ जना सदस्य छन् । बेहुला राइसिंह धामी ८० वर्ष र बेहुली बिन्दु धामी ७० वर्ष उमेर पुगेको छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका उनले सिन्दुर पोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहे विधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्परा अनुसार भित्र्याएका हुन् । बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभूति भएको धामी दम्पतीको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतवार ११:१९

लोकप्रिय