नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए ।
उनका अनुसार कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउँदा आधारभूत शिक्षा लिएका ६१ प्रतिशत र माध्यामिक शिक्षा लिएका ५३ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन् । उनले पढेलेखेका आमाहरुले पूर्ण स्तनपान गराउँदा स्तनको आकार बिग्रन्छ भनेर नगराउने गरेको बताए । उनले पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिर गर्ने आमा रहेको बताए ।
उनका अनुसार नेपालमा ५६ प्रतिशत आमाहरुले पूर्णस्तनपान गराउने गरेका छन् । कोशी प्रदेशमा ५३ प्रतिशत, मधेस प्रदेशमा ६५ प्रतिशत, बागमति प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत आमाहरुले बच्चालाई पूर्णस्तनपान गराउने गरेका छन् ।
यस्तै २२ प्रतिशत आमाहरुले दूधदानीबाट बच्चालाई दूध खुवाउने गरेका छन् । यस्तै आर्थिक रूपमा उच्च आयका आमाको तुलनामा न्यून आयभएका आमाहरुले धेरै मात्रामा पूर्णस्तनपान गराउने गरेको पाइएको छ । शाखा प्रमुख थापाका अनुसार न्यून आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् ।
यस्तै उच्च आय भएका आमामध्ये ४४ प्रतिशतले मात्र र मध्यम आय भएका ६१ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् । नेपालमा कुनै न कुनै समयमा स्तनपान गराउने ९९ प्रतिशत आमा छन् । यस्तै जन्मेका एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र जन्मेको दुई दिनसम्म पूर्ण स्तनपान गराउने आमा ५९ प्रतिशत छ । तथ्याङ्कअनुसार दुई वर्षसम्म स्तनपान गराउने आमाको सङ्ख्या ९४ प्रतिशत छ । विश्वमा दुई जना नवजात शिशुमध्ये एक जना नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं