एउटा स्याण्डविचको मूल्य १६ करोड रुपैयाँ पर्छ भन्ने कुरा सायद कोही पनि पत्याउँदैन । अझ कसैले खाएर जुठो पारेको स्याण्डविच त सित्तैमा पनि लैजाने कुरा भएन । तर यदि तपाईं पनि यही सोंच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ । किनकि एउटा जुठो स्याण्डविचको टुक्रा करीब १६ करोड रुपैयाँमा बिक्रीमा राखिएको छ ।
आधा खाइएको स्याण्डविचको टुक्रा फेसबुकको मार्केटप्लेसमा बिक्रीमा राखिएको छ । यसको मूल्य १३ लाख डलर तोकिएको छ । न्युयोर्क पोष्टको रिपोर्ट अनुसार फेसबुकमा राखिएको सो जुठो स्याण्डविचको टुक्राका बारेमा विस्तृत जानकारीसहितको विवरण पनि दिइएको छ । बेलायतको लेस्टरमा बस्ने एक व्यक्तिले गत मंगलबार उक्त स्याण्डविच बिक्रीमा राखेका हुन् ।
स्याण्डविचका बारेमा लेखिएको विवरण अनुसार उक्त स्याण्डविच नयाँ ग्रिल्ड, आधा खाइएको स्याण्डविच हो । त्यसमा चिज तथा हल्का मासु पनि राखिएको छ । स्याण्डविच गज्जबको क्रिस्पी रहेको छ । यसका मालिकले खाएर नसकेको हुनाले स्याण्डविच बिक्रीमा राखेको बताइएको छ ।
स्मरण रहोस् फेसबुक जस्ता प्लाटर्फममा यस्ता अनौठा कुराहरु बिक्रीमा राखिएको यो पहिलो पटक होइन । यसअघि एकजना व्यक्तिले बेक गरिएका सिमीका गेडा तैरिएको झोलमाथि उसिनेको आलु राखिएको खाजालाई अहिलेसम्मकै दुःखी लञ्च भन्दै सोसल मिडियामा पोष्ट गरेका थिए । आफूसँग प्लेट नभएको कारण माइक्रोवेबको काँचको प्लेटमा खानुपरेको उनले उल्लेख गरेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं