२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday
मौसम पूर्वानुमान

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ ६ गते शनिबार

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हुस्सुबाट तराईको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसको असर र चिसोबाट जोगिनका लागि सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिबार