२०८३ असार २७ , शनिबार 12, July 2026, Sunday

वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ ५ गते शुक्रबार

नेपाल वायुुसेवा निगमको वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । चार दिनदेखि बिग्रिएर बसेको जहाजको प्राविधिक मर्मतपछि हिजोदेखि नियमित उडान हुन थालेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि हिजो दिउँसो ४ बजे २६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार