२०८२ चैत १ , आइतबार 15, March 2026, Sunday

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८० माघ ५ गते शुक्रबार

 बारबर्दिया नगरपालिका–९ ढकेलाकी एक महिलालाई विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा घाइते भएकी छिन् ।

सोही पालिका–१० स्थित कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणमा बारबर्दिया–९ कि २८ वर्षीया शर्मिला चौधरी घाईते भएकी जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

स्थानीय मेडिकल हलमा घाइते चौधरीको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार