बाँकेमा केही दिन यता चिसो अत्यधिक बढेर जनजीवन अस्तव्यस्त बनेपछि विपन्न र गरिबहरू समस्यामा परेका छन् । उनीहरूसँग न्यानो लुगाको अभाव भएकाले समस्यामा परेका हुन् ।
चिसोबाट विपन्नलाई जोगाउन नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाको अगुवाइमा कपडा सङ्कलन अभियान सुरु गरिएको हो । पछिल्लो समय चिसो बढ्दै जाँदा विपन्न समुदायका व्यक्तिहरू बढी प्रभावित भएकाले उनीहरूलाई न्यानो बनाउन मानवीय सहायताका लागि उक्त अभियान सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाका अध्यक्ष दिनेश सिग्देलले बताउनुभयो ।
उहाँले ‘न्यानो रहौँ, न्यानो बनाऔँ’, ‘मन हुनेले दिऊँ, मन खोलेर लिउँ’, ‘कपडा खेर नजाओस्, सबैको काम आओस्’ भन्ने नारासाथ यो अभियान सुरु गरिएको जनाउँदै अभियानमा इलाका प्रहरी कार्यालय कोहलपुर, वेटर बाँके, कोहलपुर जेसिस, लायन्स क्लब कोहलपुर, लायन्स क्लब कोहलपुर सयपत्री र लायन्स क्लब कोहलपुर व्यावसायिक संस्थाको सहभागिता रहेको बताउनुभयो ।
पुनः प्रयोग गर्न सकिने न्यानो कपडा विपन्न समुदायका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले सङ्कलन गरिएको जनाउँदै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले यसबाट जाडोमा कठ्याङ्ग्रिएका विपन्न व्यक्तिलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले कोहलपुरका विभिन्न वडामा शुक्रबारसम्म कपडा सङ्कलन गरिने र सङ्कलित कपडा लक्षित वर्गसम्म पुगाइने बताउनुभयो । आफूले प्रयोग गरेर राखेका तर, पुनः प्रयोग गर्न सकिने कपडाहरू सबैले सहयोग गरेर यस अभियानलाई सफल बनाउन सबैसँग सार्वजनिक अपिल गरिएको नेपाल रेडक्रस सोसाइटी कोहलपुरले जनाएको छ ।
रातिको समयमा विपन्न र गरिबहरू चिसोले निदाउन समेत समस्या भएकाले ओढ्ने ओछ्याउने कपडासमेत सहयोग गर्न सबैलाई अनुरोध गरिएको समाजसेवी कल्पना काफ्लेले बताउनुभयो ।
अभियानमा स्थानीयले राम्रो सहयोग गरिरहेको नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके