सूचनाको शक्ति - The Power Of Information

        

अष्ट्रेलिया एसियन कप फुटबलको नकआउट चरणमा प्रवेश

सिरीयालाई हराउँदै अष्ट्रेलिया एसियन कप फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ ।

कतारमा बिहीबार राति भएको खेलमा अष्ट्रेलियाले सिरीयालाई १–० ले हराएको हो । लगातार दोस्रो जितसँगै अष्ट्रेलियाले समुह ‘बि’ मा २ खेलबाट ६ अंक जोड्दै राउण्ड अफ सिक्सटिनमा प्रवेश ग¥यो ।

४ अंक जोडेको उज्वेकिस्तान दोस्रो स्थानमा रहँदा सिरीयाको एक अंक छ भने भारत अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।

गएराति भएको खेलमा भारतलाई उज्वेकिस्तानले ३–० ले हराएको थियो । एसियन कप फुटबलकै अर्को खेलमा गएराति प्यालेस्टाइन र युएईले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ०७:५८