बाँकेको नेपालगन्जमा आजदेखि महर्षी वाल्मिकी रामायण कथा हुने भएको छ । श्री राम कथा व्यवस्थापन समितिको आयोजनामा महर्षी वाल्मिकी रामायण कथा हुन लागेको हो ।
मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको अविर्भाव भएको स्थानमा हुन लागेको प्राण प्रतिष्ठा कार्यक्रममा उपस्थितिका लागि भक्तजनहरुलाई आमन्त्रणसमेत गरिएको छ ।
नेपालगन्ज–६, फुल्टेक्रा, रामनगरस्थित श्री श्री १००८ हडियाबाबा आश्रममा आयोजना हुने कार्यक्रममा ५१०० दीप प्रज्वलन गरिने समेत आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रममा आज पहिलो दिन विहान ८ बजे हवन गरिनेछ भने विहान ११ बजे शोभायात्रा र साँझ ६ बजेदेखि रामायण पाठ गरिनेछ ।
दोस्रो र तेस्रो दिन भोलि र पर्सी विहान ८ बजे हवन गरिनेछ भने विहान ११ बजे शब्दभेदी तरकला र साँझ ६ बजेदेखि रामायण पाठ गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी चौथो दिन आगामी सोमबार विहान ८ बजे हवन गरिनेछ भने विहान ११ बजे महामृत्युन्जय यज्ञ र साँझ ६ बजे दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके