सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

चार प्रदेशमा हिमपात र दुई प्रदेशमा वर्षाको सम्भावना

देशका पहाडी भेगमा आंशिक बदली छ । तराईका एक–दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा सामान्य हिमपातको सम्भावना छ । साताभरि पश्चिमी वायूको आंशिक प्रभाव रहने पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा हल्का घट्ने सम्भावना रहेको छ । देशका तराई भू–भागमा हल्कादेखि मध्यम साथै एक–दुई स्थानमा बाक्लो हुस्सु र कुहिरो लागे पनि उक्त हुस्सु र कुहिरो मध्यान्न वा अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ०७:३०

लोकप्रिय