सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा भोलिदेखि महर्षी वाल्मिकी रामायण कथा

बाँकेको नेपालगन्जमा महर्षी वाल्मिकी रामायण कथा हुने भएको छ । श्री राम कथा व्यवस्थापन समितिको आयोजनामा भोलिदेखि महर्षी वाल्मिकी रामायण कथा हुने जनाइएको छ ।

मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको अविर्भाव भएको स्थानमा हुन लागेको प्राण प्रतिष्ठा कार्यक्रममा उपस्थितिका लागि भक्तजनहरुलाई आमन्त्रणसमेत गरिएको छ ।

नेपालगन्ज–६, फुल्टेक्रा, रामनगरस्थित श्री श्री १००८ हडियाबाबा आश्रममा आयोजना हुने कार्यक्रममा ५१०० दीप प्रज्वलन गरिने समेत आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रममा पहिलो दिन भोलि शुक्रबार विहान ८ बजे हवन गरिनेछ भने विहान ११ बजे शोभायात्रा र साँझ ६ बजेदेखि रामायण पाठ गरिनेछ ।

दोस्रो र तेस्रो दिन आइतबार र सोमबार विहान ८ बजे हवन गरिनेछ भने विहान ११ बजे शब्दभेदी तरकला र साँझ ६ बजेदेखि रामायण पाठ गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार चौथो दिन सोमबार विहान ८ बजे हवन गरिनेछ भने विहान ११ बजे महामृत्युन्जय यज्ञ र साँझ ६ बजे दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार २०:०३

लोकप्रिय