बाँकेको बैजनाथमा महोत्सव हुने भएको छ ।
‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८०’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बैजनाथ समितिले पहिलो पटक माघ १० गतेदेखि २१ गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको हो । बैजनाथ गाउँपालिका ५ स्थित कोहलपुर न्यु सिटीको खाली क्षेत्रमा महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत् औपचारिक रूपमा जानकारी गराएको हो ।
महोत्सव आयोजक समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवम् प्रचार–प्रसार संयोजक सुमन विश्वकर्माले महोत्सवमा एक सय ५० देखि २ सय वटासम्म स्टल रहने जानकारी दिनुभयो ।
स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके