बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाले पनि विद्यालयहरुमा जाडो विदा दिएका छन् ।
अत्याधिक चिसो बढेपछि माघ ७ गतेसम्म पठनपाठन बन्द गरिएको डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्जय कुमार कर्णले जानकारी दिएका छन् ।
त्यस्तै राप्तीसोनारीमा अत्याधिक चिसो बढेसंगै गाउँपालिकाभित्रका सबै विद्यालयहरुमा माघ ७ गतेसम्म बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिएका छन् ।
बाँकेमा दुई सातादेखि राम्रोसंग घाम लाग्न सकेको छैन । चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले पनि विद्यालयमा जाडो विदा दिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके