२०८३ कात्तिक ६ , बिहीबार 23, October 2026, Friday

बैजापुर चोकमा सिसीटिभी जडान

राप्तीसोनारीको बैजापुर चोकमा अपराधिक गतिविधि नियन्त्रण गर्न सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

सडक दुर्घटनामा न्यूनीकरण गर्न तथा अपराधिक गतिविधि लगायत चोरी नियन्त्रण गर्न राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ ले सडकमा सिसीटिभी जडान गरेको छ ।

हुलाकी राजमार्ग भएर गुड्ने सवारीसाधनहरु अत्याधिक गतिमा गुड्ने हुँदा त्यसको नियन्त्रण गर्न र गाउँघरमा हुने चोरी नियन्त्रण गर्नका लागि सिसीटिभी  जडान गरिएको वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले बताए।

बैजापुर चोकमा जडान गरिएको सिसीटिभी क्यामेराको मुख्य कन्ट्रोलको जिम्मेवारी इलाका प्रहरी कार्यालय धामपुरलाई दिइएको खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार