२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

सुनको भाउ सात सय रुपैयाँले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ ४ गते बिहीबार

केही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार