काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
महानगरका अनुसार ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको पाइएपछि विज्ञापन गर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीका अनुसार ब्यानर राख्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई सो रकम बराबर जरिबाना गरिएको हो ।
‘उहाँहरुले पुलमा विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने गरी जिम्मा लिनुभएको हो । तर, त्यस्तो नदेखिएपछि आज कारबाही स्वरुप जरिबाना तिराइएको हो,’ उनले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ