व्यवसायी दुर्गा प्रसाईंमाथि फेरी हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।
उनीमाथि बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमले मुक्का प्रहार गरेका हुन् । ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि प्रसाई बागलुङ गएका थिए ।
व्यवसायी प्रसाईँ सम्बोधनका लागि मञ्चमा उक्लने क्रममा मुक्का प्रहार भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले मुक्का प्रहार गर्ने गौतमलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भैरहेको जनाएका छन् ।
सत्यपाटी संवाददाता । बागलुङ