सूचनाको शक्ति - The Power Of Information

        

नेपाल एयरलाइन्सका कर्मचारीको व्यवहार ‘अत्यन्तै खस्रो र रुखो’

नेपाली कांग्रेसका नेता हिमालय कर्माचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सामान चोरी भएको जनाएका छन् । अस्ट्रेलियाको सिड्नीबाट नेपाल आएका कर्माचार्यले विमानस्थलमा आफ्नो लगेज चोरी भएको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन् । उनले घरमा पुगेर लगेज खोल्दा आफ्ना महत्वपूर्ण सामानहरू निकालेर अरूकै सामान आफ्नो लगेजमा राखिदिएको समेत जनाएका छन् ।

एयरपोर्टमा लगेज चोरी भएको घटना नयाँ भने होइन । यसअघि पनि पटक–पटक यात्रुहरूले गुनासो गरे पनि त्यस किसिमको घटनामा कमी भने नआएको यो घटनाले पुष्टि हुन्छ । उनले नेपाल एयरलाइन्सका कर्मचारीको खस्रो, रुखो व्यवहार देख्दा आश्चर्य चकित भएको बताएका छन् । नेपाल एयरलाइन्सका कर्मचारीहरूको अत्यन्तै खस्रो, रुखो र नकारात्मक व्यवहार देख्दा आश्चर्य चकित भएको पनि उनले बताएका छन् ।

‘नेपाल एयरलाइन्सका कर्मचारीहरूको अत्यन्तै खस्रो, रुखो र नकारात्मक व्यवहार देख्दा आश्चर्य चकित भएको छु । तिनीहरूको व्यवहारले तनाव भएपछि कफी पिउँदै नेपाल एयरलाइन्स अध्यक्ष युवराज अधिकारीलाई फोन गरेर कुरा राख्दा राम्रो रेस्पोन्स पाएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसै त हरेक क्षेत्रमा खत्तम र बदनाम नेपाल एयरलाइन्सका यस्ता कर्मचारीबाट कहाँ उँभो लाग्छ ? भन्ने कुरा उठ्नु स्वभाविक हुनेछ । पर्यटन मन्त्री सुदन किराँती समेतको ध्यानाकर्षण गर्न चाहन्छु ।’ कर्माचार्य इलामका पूर्व सभापति एवं इलाम नगरपालिकाका मेयरका प्रत्याशी हुन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १५:२७

लोकप्रिय