एसियन कप फुटबलमा बुधबार राति कतारले ताजकिस्तानलाई १–० ले हराएको छ । दोहामा भएको खेलमा आयोजक कतारलाई विजयी गराउन अक्रम अफिफले १७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको कतार नकआउट चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानको चिनको दुई अंक मात्रै छ । बुधबार राति भएको खेलमा चिनले लेबनानसँग गोलरहित बराबरीमा चित्त बुझायो ।
उता अफ्रिका कप अफ नेशन्स फुटबलमा मोरक्कोले तान्जानियालाई ३–० ले हराएको छ । आइभोरी कोष्टमा गएराति भएको खेलमा मोरक्कोलाई विजयी गराउन रोमाइन साइस, अजेदिने औनाही र योसेफ एन नेसेरीले एक एक गोल गरे । यही समुहको अर्को खेलमा कंगो र जाम्बियाले १–१ गोलको बराबरी खेलेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ