२०८३ जेठ २९ , शुक्रबार 12, June 2026, Friday

नेपालगञ्जका विद्यालयमा जाडो विदा

सत्यपाटीसत्यपाटी । बाँके । २०८० माघ ३ गते बुधबार

नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ ।

चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा भोलिदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण बिद्यालयहरुमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्जमा एक साता यता शीतलहर चलेसंगै चिसो अत्याधिक बढेको छ ।

Chiso Bida1705483428.jpg

प्रकाशित मिति : २०८० माघ ३ गते बुधबार