गएको वर्ष चीनको जनसङ्ख्या घटेको छ । त्यहाँको जन्मदर पनि घटेर कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ ।
योसँगै लगातार दोस्रो वर्ष पनि जनसङ्ख्यामा कमी आएको हो । यो प्रवृत्तिले जनसङ्ख्याको बनावटमा परिवर्तनले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा गहिरिँदै गएको चुनौती झल्काएको छ ।
प्रत्येक १ हजार जनाले ६ दशमलव ३९ जना शिशु जन्माएका छन् । एक वर्ष अघि यो दर ६ दशमलव ७७ थियो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस)ले बुधवार घोषणा गरेअनुसार यो जन्मदर सन् १९४९ मा कम्युनिस्ट चीनको स्थापना भयायताकै सबैभन्दा कम हो ।
गएको वर्ष चीनमा जम्मा ९० लाख २० हजार शिशु जन्मिएको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा चीनभरमा ९५ लाख ६० हजार जति शिशु जन्मिएका थिए ।
समीक्षा अवधिमा चीनको समग्र जनसङ्ख्या अघिल्लो वर्षको तुलनामा २० लाख ८० हजारले घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको एनबीएसले बताएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ