बेलायतमा सन् २०१० जनवरी यताकै सबैभन्दा चिसो रात आज हुनसक्ने त्यहाँको मौसम विभागले बताएको छ ।
स्थानीय समय अनुसार आज राति स्कटल्याण्डका केही भागहरूमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको मौसमविद्ले बताएका बीबीसीले जनाएको छ ।
यसअघि त्यहाँको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको थियो । स्कटल्याण्ड र उत्तरी इङ्गल्याण्डमा यसअघि नै बाक्लो हिमपातका कारण विद्यालयहरू बन्द भइसकेको थियो । त्यस क्षेत्रमा पैदल यात्रा र गाडी सञ्चालनमा पनि समस्या छ ।
बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो ।
चिसोबाट जोखिममा रहेका वृद्धवृद्धा र बालबालिकालाई जोगाउन त्यहाँका अधिकारीहरुले आग्रह गरेका खबरमा उल्लेख छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ