२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

सुनको भाउ तोलामा १२ सय रुपयाँले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ ३ गते बुधबार

 सुनचाँदीको भाउ आज घटेको छ । तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधबार