भारतमा प्रेमिकाको सट्टामा परीक्षा दिन युवतिको पहिरन र लिपस्टिक अनि मेक अप लगाएर पन्जाबको एउटा विश्वविद्यालयको परीक्षा हलमा गएका युवकको पोल खुलेको छ । पन्जाबको फरिदकोट जिल्लामा बाबा फरिद युनिभर्सिटी अफ हेल्थ साइन्सेजका अधिकारीहरूले छद्म भेषमा नक्कली कागजपत्रको साथमा आएका युवकलाई समातेका हुन् ।
बहुउद्देश्यीय स्वास्थ्य कामदारको परीक्षा दिन ती पुरुष आफ्नो प्रेमिकाको सट्टामा परीक्षा दिन आएका थिए । यो घटना जनवरी ७ को हो । फाजिल्काका अंग्रेज सिंह नाम गरेका ती युवक महिलाको पहिरन लगाएर आएका थिए । पहिरनका कारण कर्मचारीहरू झुक्किए पनि बायोमेट्रिक स्क्यानलाई उनले छक्क्याउन सकेनन् ।
आवेदन फारममा टाँसिएको परमजीत कौरको तस्बिर र परीक्षार्थी बनेर आएकी महिलाको अनुहार पनि मेल खाएको थिएन । पछि बायोमेट्रिक्स चेक जाँच गर्ने क्रममा रेकर्डमा मेल खाएन । अंग्रेज सिंहले परमजीत कौरको नाममा झुटो आधार कार्ड, मतदाता पत्र र बनाएको भेटियो । सुरुमा अंग्रेज सिंहलाई परीक्षा हलबाट घर पठाइएको भए पनि पछि उनीविरुद्ध ऊजुरी दर्ता गरिएको छ ।
उनी विरुद्ध कयौँ आरोपमाथि अनुसन्धान भइरहेको छ । अंग्रेज सिंहले यसअघि पनि परमजीत बनेर परीक्षा दिएको अनि अनुत्तीर्ण भएको पाइएको छ । यो पटक भने उनी परीक्षामा उत्तीर्ण हुने आशमा परीक्षा दिन आएका थिए । अहिले सामाजिक सञ्जालमा अंग्रेज सिंह महिला बनेर परीक्षा हलमा बसेको फोटो भाइरल बनिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पन्जाब