सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ । गत एक महिनादेखि हमाससँग युध्दमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरुलाई सबै कामहरुबाट निस्काशन गरिसकेको छ भने नयाँ काममा उनीहरुलाई कतैपनि प्रवेश गर्न कडा निषेध गरेको छ ।
इजरायलको १५ सदस्यीय प्रतिनिधिमण्डल भारतको उत्तर प्रदेश सरकारसँग आफूलाई आवश्यक पर्ने दक्ष सवारी चालक सहयोग माग्दै औपचारिक प्रक्रियामा जुटिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सवारी चालकका लागि आकर्षक तलब र विभिन्न वीमा सुविधा पनि प्रस्ताव गर्दै इजरायलले उपचार वीमासहित मासिक तलब भारतीय रुपैंयाँ १ लाख ३७ हजार, गासवास र मासिक १६ हजार ५१५ मासिक बोनस समेत प्रदान गर्ने प्रस्ताव गरेको छ ।
युद्धग्रस्त देशमा भारतीय कामदार लैजान अनुमति दिने कि नदिने भन्ने बिषयमा भारतले स्पष्ट नीति सार्वजनिक नगरे पनि उत्तर प्रदेश सरकारले सवारी चालक भर्ना गर्न इजरायली प्रतिनिधिमण्डललाई अनुमति दिएको जनाइएको छ । एक सातापछि हरियाणामा नयाँ सवारी चालक भर्ना सुरु गर्ने बताइएको छ । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएपछि सवारी चालक भर्नाका लागि उताबाट प्रतिनिधि भारत आएको बताइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं