सूचनाको शक्ति - The Power Of Information

        

मलेसिया जाने घटे, यस्तो छ कारण

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ ।

गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो श्रम गन्तव्य मुुलुुक हुुन पुुगेसँगै मलेसियामा रोजगारीमा जानेको सङ्ख्या घटेको हो ।

 अघिल्ला  दुुई  वर्षमा  ‘मिसन’  कै  रूपमा  नेपालसहितका  देशबाट  ठुलो  सङ्ख्यामा  श्रमिक  आपूर्ति  गरेको  मलेसियाले  पूरा  मागको  आपूर्ति  सकिएपछि मात्रै खोल्ने गरी नयाँ माग रोकेको छ ।

त्यसको असर नेपाली श्रम बजारमा पनि देखा परेको छ । विभागका अनुसार गत आवको भदौ महिनामा मलेसियाका  लागि  ३५  हजार  ३७२  जनाले  श्रम  स्वीकृति लिएकोमा चालुु आवको भदौमा आठ हजार ३१ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् ।

गत आवको कात्तिकमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ३० हजार ५४० जना रहेकोमा चालुु आवको कात्तिकमा मलेसियाका लागि पाँच हजार ५५२ जनाले मात्रै लिएको देखिन्छ ।

यस्तै विभागका अनुसार चालुु आवको पुुसमा मलेसियाका लागि आठ हजार ९१ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको पुुसमा त्यस देशका लागि २० हजार ३३९ जनाले श्रम स्वीकृति लिएर गएका थिए ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०८:३१

लोकप्रिय