सूचनाको शक्ति - The Power Of Information

        

सिरि ए क्लब रोमाद्वारा प्रशिक्षक जोसे मौरिन्हो बर्खास्त

सिरि ए क्लब रोमाले प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेको छ । रोमाले म्यानचेस्टर युनाईटेड, चेल्सी र रियल मड्रिडका पूर्व प्रशिक्षक मौरिन्होलाई बर्खास्त गरेको हो ।

पछिल्लो समय लाजियोसँग पराजित खेलमा मौरिन्होले रातो कार्ड खाएका थिए । गत आइतबार एसी मिलानसँग ३–१ ले पराजित भएपछि क्लब उनलाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो ।

६० वर्षका पोर्चुगिज प्रशिक्षकले सन् २०२१ को मेबाट रोमाको नेतृत्व गरेका थिए । उनले एक वर्षअघि युरोपा कन्फरेन्स लिगको उपाधि रोमालाई जिताएका थिए भने सन् २०२३ मा युरोपा लिगको फाइनलमा पुर्‍याएका थिए । च्याम्पियन्स लिगमा छनोट हुन ५ अंकबाट बञ्चित रोमा पछिल्लो हप्ता कोपा इटालिया कपबाट बाहिरिएको थियो ।

पछिल्लो सिजन युरोपा लिगमा पेनाल्टीमा पराजित बनेपछि रोमाले नयाँ सिजन सिरि एका सुरुवाती ५ खेलमा मात्र ५ अंक बटुलेको थियो । मौरिन्होले पछिल्लो समरमा रोमा बस्न आफुले लोभलाग्दो प्रस्तावलाई अस्विकार गरेको बताएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०८:१३

लोकप्रिय