नेपालले साउदी अरेबियामा हुने वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गरेको हो ।
वेस्टन एसियन फुटबल फेडेरेसन वुमन च्याम्पियनसिप आगामी फेब्रुअरी १९ देखि २८ गतेसम्म साउदी अरेबियामा आयोजना हुदैछ । प्रतियोगितामा सहभागिताका लागि प्राप्त निमन्त्रणालाई स्वीकार गर्दै एन्फाले नेपालले वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गरेको हो ।
बैठकले माघ २७ गते चीनको युथ टिम र नेपालको राष्ट्रिय युथ टिमबीच मैत्रीपूर्ण फुटबल खेलाउने निर्णय पनि गरेको छ । उक्त खेल दशरथ रंगशालामा हुनेछ । चीनको प्रस्ताव अनुसार नेपालले यस खेलको आयोजना गरेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ