सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन्।
मृतक युवक शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले घरनजिकैको कुवापानीमा भरतको शव फेला परेको जानकारी दिए।
‘गयराति १ बजेको समयमा बुढा मृत फेला परेको खबर हामीलाई जानकारी आएको थियो,’ उनले भने, ‘खबर पाउनबित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घटना शंकास्पद देखिएकाले जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहान परिचालन गरिएको छ।’ यस्तै, घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ खटिएका छन्।
एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर अनुसन्धान थालिरहेको छ। प्रहरीका अनुसार युवकको शव घटनास्थलमै रहेको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत