२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

आज सुनचाँदीको भाउ घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २ गते मंगलबार

आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ हजार ४ सय २० रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार